सोमबार, असार २३, २०८२

कृषि समितिले निर्माणाधीन अपर तामाकोसीको स्थलगत भ्रमण गर्ने

नेपालखोज २०७७ चैत १२ गते १५:४५

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अपर तामाकोसी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ ।

समितिको बिहीबार बसेको बैठकले निर्माणाधीन अपर तामाकोसी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्न सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली पनि गठन गरेको छ । सदस्यहरुमा घनश्याम खतिवडा, दलबहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सत्यनारायण शर्मा खनाल रहेको सभापति सुवेदीले बताइन् ।

अध्ययन भ्रमणमा आउन उक्त आयोजनाले बारम्बार बोलाइरहेकाले अनुकूल समय मिलाएर जान लागिएको सभापति सुवेदीको भनाइ छ ।

प्रतिक्रिया