बिहीबार, कार्तिक २२, २०८१

नक्कली नोट र नोट बनाउने सामानसहित दुईजना पक्राउ

नेपालखोज २०७७ चैत १२ गते १५:५१


एक हजार र पाँच सय दरका नोटहरु बरामद


काठमाडौं । नक्कली नोट र नोट बनाउने सामान सहित दुई व्यक्ति पक्राउ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुुमार बस्नेतका अनुसार बुुधबार अन्दाजी २०ः३० बजेको समयमा काठमाडौँ महानगरपालिका १४ कलंकी स्थित फुटपाथमा तरकारी किन्ने क्रममा मकवानपुरगढी गाँउपालिका १ घर भई हाल काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने वर्ष ३९ को माया तामाङ ले जाली (नक्कली) नेपाली नोट लिई आएको भनि प्राप्त खबर प्राप्त भएको थियो ।


उक्त जानकारी पश्चात् महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी कर्मचारीहरुले हुलियाको आधारमा खोज तलास गरी माया तामाङलाई नियन्त्रण लिई चेक जाँच गर्दा नौ थान पाँच सयको दरले जाली नोट फेला पारेको हो, प्रहरी उपरीक्षक बस्नेतले भने । तामाङलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखी थप अनुसन्धान गर्दा उनको वयान आधारमा अनुसार जिल्ला रौतहट गुजरा नगरपालिका वडा नं २ घर भई हाल काठमाडौँ जिल्ला कीर्तिपुर नगरपालिका वडा नं ३ बस्ने वर्ष ३५ को गन बहादुर लोप्चानको कोठामा खानतलासी गर्दा जाली नोट र जाली नोट बनाउने सामानहरु सहित उनीहरु पक्राउ परेको प्रवक्ता बस्नेतले बताएका छन् ।


पक्राउ परेका दुुई व्यक्तिहरुको साथबाट एक हजार दरको ५१ थान, पाँच सय दरको ५७ थान र एक सय दरको दुुई थान जाली नोट बरामद भएको छ । यसको अतिरिक्त प्रिन्टर मेसिन एक थान,फोटो कपी पेपर एक थान, पेपर कटर एक थान, स्केल थान एक थान, मोबाईल दुई थान, ल्यापटप एक थान र प्रिन्टर मेसिन चार थान बरामद भएको छ । उनीहरु उपर महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अपराध अनुसन्धान भईरहेको प्रवक्ता बस्नेतको भनाई छ ।

प्रतिक्रिया