आइतबार, जेठ ६, २०८१

पुराना कलाकार बिउँताउँदै शोभित बस्नेत

नेपालखोज २०७७ चैत १२ गते १८:५६


काठमाडौं । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ चलचित्र ‘डाँडाको बर पीपल’ को बिहीबार राजधानीमा शुभमुहुर्त गरिएको छ । सो चलचित्रमा शोभित बस्नेतको निर्देशन रहनेछ । चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गराचको अभिनय रहनेछ । निर्देशक शोभितले चलचित्र पारिवारिक कथामा बन्ने बताए । चलचित्रका लागि नायिकाको भने टुंगो लागेको छैन ।

चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन छ । शिव श्रेष्ठ र गौरी मल्लले २० वर्षपछि एकसाथ चलचित्रमा काम गरेका हुन् । चलचित्र ‘धर्मसंकट’ पछि उनीहरुले एकसाथ काम गरेका थिएनन् ।

प्रतिक्रिया