चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु
नेपालखोज
२०७७ चैत १३ गते ९:२१

काठमाडौं । विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो ।
प्राधिकरणले निर्माण कम्पनीलाई सम्झौताका लागि २८ दिनको म्यादसहितको पत्र पठाइसकेको जनाएको छ । कम्पनीलाई बैङ्क ग्यारेन्टीसहित सम्झौता गर्न पत्र पठाइएको छ ।
प्राधिकरणका प्रवक्ता मदन तिम्सिनालेका अनुसार कम्पनी छनोट गरी सम्झौता गर्न आउन २८ दिनको म्यादसहित पत्र पठाइएको छ । अब छिट्टै सम्झौता भई काम सुरु गर्ने तयारी भएको उनले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया