ओलीलाई तत्काल पदबाट हटाउनुपर्छ : उपेन्द्र यादव

नेपालखोज २०७७ चैत १३ गते १०:५७

बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल पदबाट हटाउनु पर्ने बताएका छन् । सर्वोच्चको फैसलालले विघटित प्रतिनिधि सभा पुनस्थापित गरे पनि ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले तत्काल पदबाट हटाउनुपर्ने बताए ।

शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी दलले अग्रसरता लिनुपर्ने बताए । ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ यादवले भने, ‘अहिले सबैले कांग्रेसतिर हेरिरहेका छन्, त्यसमा पनि पार्टी सभापति देउवातिर ।’

संविधान र संसदमाथि प्रहार गरेपछि प्रधानमन्त्री ओलीले अहिले फेरि पुनःस्थापित संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप पनि लगाए । उनले सरकारले संसदलाई विजनेश नदिएर संसदलाई फेरि भंग गर्न लागि परेको बताए ।

प्रतिक्रिया