शुक्रबार, चैत १६, २०८०

श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ

नेपालखोज २०७७ चैत १३ गते १३:०९

सुनसरी । श्रीमती हत्याको आरोपमा ३७ वर्षीय तिल बहादुर माझी पक्राउ परेका छन् । ३१ वर्षीया श्रीमती कमला माझीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–८ दुर्गा बस्ने माझीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछिबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । गम्भीर घाइते कमलाको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया