शुक्रबार, जेठ ४, २०८१

अब युट्युब च्यानल पनि अनिवार्य दर्ता हुनुपर्ने

नेपालखोज २०७८ फागुन २२ गते २०:१५

काठमाडौं । सरकाररले अब युट्युब च्यानल पनि अनिवार्य दर्ता हुनुपर्ने नियम लागू गरेको छ । युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रशारणका लागि समेत इजाजतपत्र लिनुपर्ने व्यवस्था सरकारले लागू गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । नियमावलीले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न ‘ओटीटी प्लेटफर्म’का साथै इन्टरनेटमार्फत नियमितरुपमा श्रव्य दृश्य कार्यक्रम प्रशारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरेको छ ।

नियमावलीअनुसार अब आफैंले उत्पादन गरी प्रशारण गर्ने अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिनका लागि ५ लाख रुपैयाँ तिर्नुपर्नेछ । साथै अब अनलाइन टेलिभिजनले सामाग्री प्रकाशन या प्रशारण गर्दा उमेरअनुसार दर्शक, पाठक या स्रोतालाई वर्गीकरण गर्नुपर्नेछ ।

रेटिङसमेत राखेर बालबालिक र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई यू, दशदेखि १८ वर्ष उमेर समूहका लागि उत्पादित कार्यक्रमलाई आर र १८ वर्षभन्दा माथिको कार्यक्रमका लागि ए रेटिङ दिएर मात्र प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया