बिहीबार, कार्तिक २२, २०८१

प्रदेश १ मा मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

नेपालखोज २०७७ चैत १३ गते १३:५४

काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोप्नीयताको शपथ लिएका छन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका हुन् ।

नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ लिएका छन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् ।

मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी समूहमा लागेकी सांसद हुन् ।

सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा बढुवा गरेका हुन् । थपिएकी राज्यमन्त्री घले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् भने ओझा माधव समूह त्यागेर ओली समूहमा लागेकी सांसद हुन् ।

प्रतिक्रिया