मुम्बईको एक अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु
नेपालखोज
२०७७ चैत १३ गते १४:२२

मुम्बई । भारतको मुम्बईमा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा शुक्रबार बिहान भएको आगलागी भएको हो ।
ड्रिम्स मलको तेस्रो तलामा रहेको सनराइज अस्पताल कोरोना संक्रमतिका लागि डेडिकेटेड अस्पताल हो । अस्पतालमा रहेका बिरामीको उद्धार गरी अर्को अस्पतालमा सारिएको मुम्बई प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुलाई अक्सिजन सपोर्टमा राखिएको पनि जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया