एमाले संसदीय दलको बैठक सुरु, खनालको नेतृत्वमा नेपाल पक्षका सांसद उपस्थित
नेपालखोज
२०७७ चैत १३ गते १६:१२

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरू भएको हो ।
शुक्रवारको बैठकमा यसअघि संसदीय दलको बैठक बहिस्कार गरेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहका सांसदहरु पनि सहभागी छन् । बैठकमा खनाल स्वयं उपस्थित भएका छन् । तर, नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल भने बैठकमा सहभागी छैन ।
काठमाडौंको कलंकी स्थित मेगा पार्टी प्यालेसमा शुक्रवार बसेको केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको थियो ।
यसअघि चैत्र ४ र ७ गते बसेको संसदीय दलको बैठक खनाल नेपाल समूहले बहिस्कार गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया