तोकिएकै समयमा कार्य सम्पन्न गर्न संसदीय समितिको निर्देशन

नेपालखोज २०७७ चैत १३ गते १६:४६

काठमाडौं । संसदीय समितिले निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुनेगरी काम अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न हुने गरी सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

पूर्वतयारी बिना काम अगाडी बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पुरा गरी तोकिएकै समयभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम शुरु गर्न निर्देशन दिएको हो । समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको होडिङ बोर्ड लगायतका डकुमेन्टहरु अंग्रजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेको छ ।

फाइल तस्बिर

प्रतिक्रिया