काठमाडौंको आकाश एकाएक धुम्म, कारण वायु प्रदूषण (तस्बिरसहित)

नेपालखोज २०७७ चैत १३ गते १७:२६

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको कारण आकाश धुम्म परेको छ । शुक्रबार दिउँसो २ बजेदेखि एकाएक आकाश धुम्म हुन थालेसँगै रत्नपार्कमा रहेका प्रदूषण मापन केन्द्रमा हावाको अवस्था अतिअस्वस्थकर देखाएको छ ।

अपराह्नमा भैँसेपाटी स्टेसनमा वायुको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ३२८ देखि ४४३ पुगेको छ । भक्तपुरमा २१४, रत्नपार्कमा १६९ र फोहोरा दरबार क्षेत्रमा २०४ पुगेको छ ।

हावाको गुणस्तर पीएम २.५ को मात्रा दुई सय नाघ्नुलाई अतिअस्वस्थकर र ३०० नाघ्नुलाई खतरनाक मानिन्छ । २०० नाघेमा वृद्धावृद्ध, बालबालिकालाई घरबाहिर ननिस्कन अलर्ट जारी गर्ने गरिन्छ भने ३०० नाघेमा सबै उमेर समूहका नागरिकको स्वास्थ्यमा असर पार्न ठानिन्छ । एक्वुआई ५० सम्म हुनु राम्रो मानिन्छ भने ५० देखि १०० सम्मलाई मध्यम मानिन्छ। यसैगरी, १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ ।

तर, सरकारी निकायले यसबारे नागरिकलाई औपचारिक जानकारी दिएका छैनन् । वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले सुक्खा मौसम र डढेलोका कारण वायु प्रदूषण बढेको हुन सक्ने बताए । पर्सिसम्म प्रदूषणको मात्रा नघटेमा अलर्ट जारी गरिने उनले उल्लेख गरे ।

तुवाँलोका कारण काठमाडौंको हवाइ उडान अवरुद्ध

प्रतिक्रिया