एमाले माधव समूह बैठक : पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय (फोटोफिचर)

नेपालखोज २०७७ चैत १३ गते १८:००

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झलनाथ–माधव समूहले पार्टीलाई बलियो र गतिशिल बनाउन पार्टी भित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको छ ।

शुक्रबार काठमाडौंको कलंकी स्थित एक पार्टी प्यालेसमा बसेको झनाथ–माधव पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठकले पार्टीलाई बलियो, गतिशिल र क्रियाशिल बनाई विधि र पद्धतीमा चलाउनको लागि पार्टी भित्रै रहेर संघर्ष गर्ने निर्णय गरिएको नेकपा (एमाले) का नेता रघुजी पन्तले बताए ।

उनले भने, ‘हामी नेकपा (एमाले) भित्रै बसेर पार्टीलाई बलियो बनाउनको लागि, पार्टीलाई शुद्ध बनाउनको लागि, पार्टीलाई गतिशिल र क्रियाशिल बनाउनको लागि र पार्टीलाई विधि र पद्धतिमा चलाउनको लागि पार्टी भित्रै रहेर संघर्ष गर्ने हाम्रो नीति अनुसार संसदीय दलको बैठकमा भाग लिएर आफ्ना कुराहरु राख्ने भन्ने हामीले निर्णय गरेका छौँ ।’

बैठक पछि बोल्दै नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटी सदस्यहरुले हस्ताक्षर गरेर केन्द्रीय कमिटी बैठकको माग गर्ने निर्णय गरेको बताए । उनले भने, ‘सर्वोच्च अदालतले जहाँ फर्काएको छ ।

मरेको नेकपा (एमाले) लाई जहाँ ब्युताइदियो त्यो ब्युतेकै ठाउँबाट पार्टीको संगठन, संरचना, सम्पति, जो-जे हुन त्यही बिन्दुमा फर्काएको हुनाले पार्टी त्यही बाट शुरु हुनुपर्छ भनेर हामी केन्द्रीय कमिटी सदस्यहरुले दस्तखत गरेर बैठकको माग गर्ने निर्णय गर्‍यौँ ।

संसदीय दलको बैठकमा जाने, आफ्ना कुराहरु राख्ने, नोट अफ डिसेन्ट राख्ने त्यहाँबाट फर्किने ।’

प्रतिक्रिया