बुधबार, वैशाख १२, २०८१

उसिनेको अण्डा खानुका यस्ता छन ४ फाइदा

नेपालखोज २०७७ चैत १४ गते ५:१९

१. कम क्यालोरी
यसमा सबै आवश्यक पोषक तत्व हुन्छन् । एउटा उमालेको अण्डामा केवल ७० क्यालोरी हुन्छ । यदि तपाईं दैनिक २ देखि तीनवटा अण्डा खानुहुन्छ भने तपाईं केवल २ सय क्यालोरी मात्र सेवन गरिरहनुभएको छ । क्यालोरी कम खानु पनि तौल कम गर्ने सबैभन्दा पहिलो कदम हो ।

२. तपाईंलाई भोक लाग्न दिँदैन
अण्डामा प्रोटिनका साथै फाइबर र पानी हुन्छ जसका कारण यसले धेरै बेरसम्म पेट टन्न बनाइराख्छ । अध्ययनले पनि यो कुराको दाबी गरेको छ कि अण्डा पेट टन्न बनाउनका लागि राम्रो नाश्ता हो । यसले तपाईंलाई नाश्ताको अन्य खानेकुराको तुलनामा ५० प्रतिशत बढि टन्न बनाउँछ । यदि तपाईंको पेट टन्न छ भने तपाईं जे पायो त्यही खानेकुरा खानबाट बच्नुहुनेछ जसका कारण तपाईंको तौल बढ्दैन ।

३. मेटाबोलिजम बढाउँछ
अण्डाले मेटाबोलिजम बढाउँछ । तौल घटाउनका लागि क्यालोरी बर्न गर्नका लागि मेटाबोलिजमको दर वा शरिरको क्षमता अत्यधिक हुनुपर्छ । प्रोटिनले मेटाबोलिजम बढाउने कुराको दाबी थुप्रै अध्ययनले गर्दछ ।

४.प्रोटिन अत्यधिक
अण्डा प्रोटिनको उत्कृष्ट स्रोत हो । एउटा अण्डामा लगभग ६ ग्राम प्रोटिन हुन्छ जसले दैनिक आवश्यक पर्ने प्रोटिनको १२ प्रतिशत पूरा गर्ने गर्दछ । यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने अण्डा तपाईंको राम्रो विकल्प हो ।

थुप्रै अध्ययनमा यो कुराको पुष्टि गरिएको छ कि तौल घटाउनका लागि हाई प्रोटिन र कम कार्बोहाइड्रेट खानाको आवश्यक पर्छ । अर्को एक अध्ययनमा बताइए अनुसार हाई प्रोटिन डाइटले तौल घटाउनमा निकै प्रभावकारी भूमिका निर्वाह गरेको हुन्छ ।

प्रतिक्रिया