घाँटीमा मासु अड्केर बेहोस भएका भीमदत्तका वडाध्यक्ष चन्दको मृत्यु

नेपालखोज २०७७ चैत १४ गते ८:२१

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ । वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका क्रममा महाकाली अस्पतालमा शुक्रबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा मासु अड्केर बेहोस भएपछि उनलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उनको शुक्रबार राति मृत्यु भएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया