बृहत् नागरिक आन्दोलनले आज विभिन्न दलहरूसँग अन्तरक्रिया गर्दै

नेपालखोज २०७७ चैत १४ गते ८:५६

काठमाडौं । नागरिक समाजको अगुवाइमा जारी बृहत् नागरिक आन्दोलनअन्तर्गत आज हुने नागरिक सभामा राजनीतिक दलका नेताहरूसमक्ष नागरिकको प्रश्न राखिने भएको छ ।

नागरिक सभामा ‘नागरिकको प्रश्न, दलहरूको जवाफ’ विषयक अन्तरक्रिया गर्न लागिएका हो । उक्त कार्यक्रममा दुईजना पूर्वप्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरू सहभागी हुने छन् ।

बृहत् नागरिक आन्दोलनले दिएको जानकारीअनुसार आजको सभामा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नागरिकका प्रश्नमाथि जवाफ दिनेछन् ।

प्रतिक्रिया