बुधबार, असार १८, २०८२

वायु प्रदूषणका कारण बिहानैदेखि उडान प्रभावित

नेपालखोज २०७७ चैत १४ गते ९:४७

काठमाडौं । वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान आज बिहानैदेखि प्रभावित बनेको छ ।

विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्द जस्तै अवस्थामा छ । आज बिहान एउटा अन्तर्राष्ट्रिय उडान भए पनि अहिलेसम्म कुनै आन्तरिक उडान हुन नसकेको विमानस्थलले जानकारी दिएको छ ।

अहिले पनि भिजिबिलिटी कम रहेकाले उडान सुरू गर्न सकिएको छैन । हिजो दिउँसो उपत्यकामा एक्कासी धुलो र धुँवासहितको बाक्लो प्रदूषण देखिएको थियो । त्यसै कारण भिजिबिलिटी कम हुँदा विमानस्थल केही समयका लागि बन्द गरिएको थियो ।

प्रतिक्रिया