भारतको पश्चिम बंगाल र असममा आज पहिलो चरणको विधानसभा निर्वाचन

भारत । भारतमा विधानसभाको पहिलो चरणको निर्वाचन सुरु भएको छ । आज पश्चिम बंगलाका पाँच जिल्लाका ३० विधानसभा सिट र असमका १२ जिल्लाका ४७ विधानसभा सिटका लागि मतदान सुरु भएको हो ।
दुवै राज्यमा उच्च सुरक्षाबीच मतदान कार्यक्रम सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पहिलो चरणमा असमका माजुली, गोहपुर, जोरहाट, नाजिरालगायतका हाई प्रोफाइल सिटमा मतदान भइरहेको छ । माजुलीबाट मुख्यमन्त्री सर्वानन्द सोनोवाल तथा जोरहाटबाट असम विधानसभाका अध्यक्ष हितेन्द्रनाथ गोस्वामी चुनावी मैदानमा छन् ।
भारतीय निर्वाचन आयोगका अनुसार पहिलो चरणमा असमका २३ महिलासहित २६४ उम्मेवार चुनावी मैदानमा छन् । यो क्षेत्रका लागि भारतीय निर्वाचन आयोगले केन्द्रीय सुरक्षा बलको ७३२ कम्पनी परिचालन गरेको छ । मतदान स्थानीय समयअनुसार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।
त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्विट गर्दै मतदानमा नयाँ रेकर्ड बनाउन आग्रह गरेका छन् । उनले युवाहरुलाई लक्षित गर्दै असम क्षेत्रमा व्यापक मतदान गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया