मलाई घोक्र्याएर पार्टीमा फर्काइयो : माधव नेपाल

नेपालखोज २०७७ चैत १४ गते १८:५०

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गरेका छन् ।

बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले अदालतको फागुन २३ गतेको निर्णयले आफूलाई केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताए ।

‘दुःखका साथ भन्नुपर्छ, अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसकोविरुद्धमा तपाईंरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु त्यही पार्टीमा मलाई फेरी सर्वोच्च अदालतले घोक्रयाएर पठाइदिएको छु तर त्यसबाट आफू नडराउने प्रष्ट पार्दै उनले भने, ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । पार्टीभित्रको कुरा डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरी अर्को आरोप लाग्ला त्यसपछि कुन दिन मलाई घोक्रयाएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । तर त्यस्ता कुराबाट डराउनेवाला माधव नेपाल होइन ।’

उनले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताए । उनले भने, ‘महन्तजीको र मिनेन्द्रजीको दया कृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’

प्रतिक्रिया