देशको अहिलेको शिक्षाको अवस्था राम्रो छैन : पूर्वराष्ट्रपति यादव
नेपालखोज
२०७७ चैत १४ गते २१:१३

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गरेका छन । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र पूर्वी मधेसको शिक्षा सबैभन्दा बढी खस्कदो रहेको बताए ।
पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भए पनि पूर्वी मधेसका बारादेखि सप्तरी सम्मको क्षेत्रको शिक्षाको अवस्था खस्कदो रहेको बताए । उनले राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने बताए। समाज रुपान्तरणको जग नै शिक्षा भएको पनि उनले बताए ।
त्यस्तै शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि बताए । पछिल्लो समय नेपालमा धेरै परिवर्तन भएपनि शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्र एकदमै अस्तव्यस्त भएको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया