चितवनमा बस र स्कुटर ठोक्किँदा तीन जनाको मृत्यु
नेपालखोज
२०७७ चैत १४ गते २१:२१

चितवन । भरतपुर महानगरपालिका – २२ पटिहानी पकौडी बजारमा बससँग स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको ज्यान गएको छ ।
शनिबार साँझ ६ बजेतिर दुर्घटनामा घाइते भएका भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिए । उनीहरु तीनैजना मोहनले चलाएको ना ४० प ७०८२ नम्बरको स्कुटरमा सवार थिए ।
विपरीत दिशा जगतपुरदेखि भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बससँग स्कुटर ठोक्किएको डिएसपी थापाले बताए । दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनालाई भरतपुरको सरकारी अस्पतालमा पठाइएको थियो । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया