मोदी सरकारको विवादित कृषि कानुनको समर्थन गर्ने सांसदलाई रामधुलाई
नेपालखोज
२०७७ चैत १५ गते ११:५६

एजेन्सी । मोदी सरकारको नयाँ विवादित कृषि कानुनको समर्थन गर्ने सांसदलाई भारतका किसानहरुले रामधुलाई गरेका छन्। किसानहरूको भिडले भाजपा सांसदलाई शनिबार रामधुलाई गरिएको भिडियो समाजिक सञ्जालमा छाएको छ ।। शनिबार पंजाबको मालोटमा सांसदलाई यसो गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यमले जनाए अनुसार किसानहरूले विधायक अरुण नारंगलाई पिटी र उनको कपडा च्यातिदिएका हुन् ।
घटनापश्चात् पुलिस प्रशासनले घेरा हालेका थिए। प्रहरीले किसानको भिडबाट नारंगलाई बचाउन पसलमा लुकाएका थिए। भाजपा विधायकसँगको उक्त लफडाको भिडियो अहिले सोशल मिडियामा धेरै भाइरल भएको छ।
सम्बन्धित
प्रतिक्रिया