त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुचारू
नेपालखोज
२०७७ चैत १५ गते १३:०५

काठमाडौं । वायु प्रदुषणका कारण भिजिविलिटी कम हुँदा प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । भिजिविलिटी कम हुँदा शुक्रबारदेखि विमान उडान तथा अवतरणमा प्रभावित भएको थियो ।
केहीसमय अघिदेखि विमान उडान तथा अवतरण नियमित भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । प्रशासनले दिएको जानकारी अनुसार आन्तरिक तथा बाह्य दुवै उडान भइरहेको छ ।
खराब मौसमका कारण शुक्रवार र शनिवार केही समय प्रभावित भए पनि आज नियमित उडान भइरहेको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया