कोरोना अपडेट : थप ८९ जनामा संक्रमण पुष्टि, ९५ जना डिस्चार्ज
नेपालखोज
२०७७ चैत १५ गते १६:५६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ सय एक जनाको पीसीआर परीक्षण गर्दा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या दुई लाख ७६ हजार आठ सय ३९ पुगेको छ । नेपालमा अहिले १२ सय ८२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप ९५ जना संक्रमण मुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार पाँच सय ३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार २७ जनाको ज्यान गएको छ ।
सम्बन्धित

प्रतिक्रिया