२४ घण्टामा देशभर ३४ आगलागीका घटना

नेपालखोज २०७७ चैत १५ गते १७:३५

काठमाडौं। पछिल्लो २४ घण्टामा देशका ३४ स्थानमा ठूला आगलागीका घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार देशभर भएका आगलागीका घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शनिबारको आगलागीबाट देशभर ९८ लाख ४७ हजार ६०० रुपैयाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। ती घटनामा आठ चौपाया मरेका छन्।

प्रतिक्रिया