ललिता निवास प्रकरण : माधव नेपाल लगायतलाई आज पेसीमा बाेलाइयाे

काठमाडाैं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतलाई भ्रष्टाचार मुद्दा चलाउन माग गरिएको मुद्दा आज पेसीमा बाेलाइएकाे छ।
उक्त मुद्दाका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासमा हुनेछ। मुद्दा १ नम्बरमा रहेको छ। गत फागुन २ गते सर्वोच्चले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नका लागि प्रमाण उपलब्ध गराउन आदेश जारी गरेको भए पिन हाल साे मुद्दाकाे पेसी हुन लागेकाे हाे ।
मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले प्रमाण उपलब्ध गराउन आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा आदेश दिएकाे थियाे । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिलाई उन्मुक्ति दिँदै मुद्दा दायर भएकाले संलग्न अन्य व्यक्तिलाई पूरक अभियोगपत्र दायर हुनुपर्ने जिकीर गरेका थिए । याे मुद्दाकाे रिट २०७६ माघ २९ गते दायर भएकाे हाे ।
साे काे सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय आन्दनमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले अख्तियारसँग फाइल मगाउने आदेश जारी गरेपिछ मुद्दा पेचिलाे बनेकाे हाे। अदालतले अख्तियार, विशेष सरकारी वकिल र सम्बन्धित अन्य निकायसँग आवश्यक विवरण मगाउने आदेश गरेपछि यो मुद्दा थप अध्ययनको चरणमा प्रवेश गरेको थियो।
सोमबार सुनुवाइ भएमा सम्भवत: अन्तिम सुनुवाइ सुरु हुनेछ । विशेष अदालतमा रहेको मुद्दामा धमाधम थुनछेक आदेश भइरहेको छ। यही मुद्दामा मुछिएका अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित तीन जना पुर्पक्षका लागि थुनामा पठाउन विशेषले आदेश गरिसकेको छ। १७५ जनालाई विपक्षी बनाउँदै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
तत्कालीन भौतिक पूर्वाधारमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात, पूर्वमन्त्रीहरू छविराज पन्त, चन्द्रदेव जोशीलगायत १७५ जना विरुद्ध मुद्दा दायर भएको छ। अख्तियारले नेपालसहित उक्त क्षेत्रको जग्गा धनीपुर्जा भएका नेकपा महासचिव विष्णु पौडेलका छोरा र सर्वाेच्चका न्यायाधीश कुमार रेग्मीलाई भने उन्मुक्ति दिएको थियो।
पूर्वप्रधानमन्त्री नेपाल र वर्तमान अर्थमन्त्री विष्णु पौडेललाई विपक्षी नबनाई विषेशमा मुद्दा दायर गरएको भन्दै अख्तियारको आलोचना समेत भएको थियो।

प्रतिक्रिया