३५ दिनभित्र अदालतमा उपस्थित हुन सीके राउतको नाममा सूचना जारी

नेपालखोज २०७७ चैत १६ गते १२:०७


काठमाडौं । मूलधारको राजनीतिमा आएका सीके राउतको नाममा अदालतले ३५ दिनको म्याद राखेर सूचना जारी गरेको छ । राउतका नाममा राज्यविरुद्धको कसुरको मुद्दामा सूचना जारी भएको हो । सीके राउतले विखण्डनवादी विचार त्याग्ने सरकारसँग सम्झाैता गरी मूलधारको राजनीति गर्ने वाचा गरेका थिए ।

नवलपरासी जिल्ला अदालतबाट सिके राउत भन्ने डा चन्द्रकान्त राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन आज सूचना जारी भएको छ ।

सूचनामा रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भएर अहिले धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ ।

बाटोका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिएर अदालतमा हाजिर हुन आउनसमेत सूचनामा भनिएको छ । हाजिर हुन नआएमा कानुनअनुसार हुने सूचनामा उल्लेख छ ।

सिके राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मूलधारको राजनीतिमा आएको थियो । राउत अहिले जनमत पार्टीका प्रमुख छन् ।

प्रतिक्रिया