बिहीबार, वैशाख १३, २०८१

मन्त्रालयको आकस्मिक बैठक, देशभरका विद्यालय चार दिन बन्द

नेपालखोज २०७७ चैत १६ गते १४:५६

काठमाडौं । सरकारले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको बैठकमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका थिए । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफलको बताइएको छ ।

प्रतिक्रिया