बिहीबार, वैशाख १३, २०८१

सहकारीलाई नयाँ निर्देशन- कुल ऋणको ५१ प्रतिशत उत्पादन तथा आयमुलक व्यवसायमा लगानी गर्नुपर्ने

नेपालखोज २०७९ जेठ १२ गते १९:०७

काठमाडौं । सहकारी संस्थाहरुले कुल ऋणको कम्तीमा ५१ प्रतिशत ऋण उत्पादन तथा आयमुलक व्यवसायमा लगानी गर्नुपर्ने भएको छ । सहकारी विभागले आज बिहिबार ३१ बुँदे एकीकृत निर्देशन जारी गर्दै यस्तो जनाएको हो । 

विभागले जारी गरेको निर्देशनमा निर्देशनको ३१ नम्बर बुँदा मा सहकारी संघसंस्थाहरुले एक लाख रुपैयाँ भन्दा बढीको ऋण लगानी गर्दा सामुहिक जमानी वा व्यक्तिगत धन जमानी वा धितो लिएर मात्र गर्ने, ऋणको क्षेत्रगत वर्गीकरण गर्ने, प्रवाह भएको कुल ऋणको कम्तिमा ५१ प्रतिशत ऋण उत्पादन तथा आयमुलक व्यवसायमा लगानी गर्नुपर्ने उल्लेख छ । 

हेर्नुहोस् निर्देशन 

प्रतिक्रिया