बिहीबार, वैशाख १३, २०८१

नेप्से ५ दशमलव ४५ अंकले घट्दा चार अर्ब ४१ करोडको कारोबार

नेपालखोज २०७७ चैत १६ गते १५:५१
3d red arrow down in business graph on white

काठमाडौं । तीव्र उतारचढावका बिच साताको दोस्रो कारोवार दिन सोमबार नेप्से घटेको छ । कारोवार खुुले लगत्तै केही समय घटेको नेप्से पछि बढन् थालेको थियो । तर यो क्रमले अन्तिम समयसम्म निरन्तरता पाउन सकेन । अन्तिम समयसम्म आईपुुग्दा नेप्से पाँच दशमलव ४५ अंकले घटेर २५ सय ४३ दशमलव ५२ अंकमा पुगेको छ । यस्तै, सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३९ अंकले घटेर चार सय ४९ दशमलव ९२ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय नौ वटा कम्पनीहरुको ६४ हजार पाँच सय १५ वटा पटकको कारोवारमा ९१ लाख ३८ हजार नौ सय ३५ कित्ता सेयर कारोबार गरेका थिए । जसबाट कुुल कारोवार रकम चार अर्ब ४१ करोड तीन लाख ४५ हजार ३० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा तीन वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । जस मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ७२ अंकले घटेर १७ सय ५६ दशमलव ५७ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि २१ दशमलव ९ अंकले घटेर १२ हजार नौ सय २६ दशमलव ४५ अंकमा पुगेको छ । यसैगरी बिकास बैक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेका छन् । जलविद्युुत समुहको सुचक भने २४ दशमलव ५२ अंकले बढेर २३ सय १९ दशमलव ४८ अंकमा पुुग्दा फाईनान्स र लघुुबित्त समुहको सुचकहरु पनि बढेका छन् ।

आज उन्नती सहकार्य लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर २७ सय ६१ रुपैयाँमा कारोवार हुँदा चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य भने सात दशमलव १७ प्र्रतिशतले घटेर १९ सय ३० रुपैयाँमा कारोवार भएको छ । यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता ६ सय ६ रुपैयाँमा कारोबार हुँदा अन्तिम मुल्यमा ४४ करोड ३१ लाख ६५ हजार तीन सय ६३ रुपैयाँ भएको छ ।

प्रतिक्रिया