ओलीको तानासाही निर्णय अस्वीकार्य : भीम रावल
नेपालखोज
२०७७ चैत १६ गते १९:३०

काठमाडौं । नेकपा एमालेबाट निलम्बित भीम रावलले आफूमाथि गरिएको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरङ्कुश र स्वेच्छाचारी कुकृत्य भएको टिप्पणी गरेका छन।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तानासाही निर्णय अस्वीकार्य भएको बताए । सोमवार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित गरिएको पत्र पठाएका छन ।
पार्टीको कारबाहीपछि उनले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिक्रिया जनाए । उनले भने, ‘नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको यस निर्णयको भर्त्सना गर्दै पूर्णरुपमा अस्वीकार गर्दछु ।’
सम्बन्धित
प्रतिक्रिया