सोमबार, वैशाख १५, २०८२

राष्ट्र बैंकले १ अर्ब ९३ करोड संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७७ चैत १६ गते २२:२०

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा एक अर्ब ९३ करोड ६४ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । एक बर्षिय अर्थात तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०७८ बैशाख २ गतेदेखि २०७९ बैशाख एक गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्धती निक्षेपकोरुपमा राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको एक अर्ब ५४ करोड ९२ लाख, बिकास बैंकहरुको लागि २९ करोड चार लाख र फाईनान्स कम्पनीहरुको लागि नौ करोड ६८ लाख रुपैयाँ छुट्याईएको छ । बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुल चैत १८ गते अपरान्ह दुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएकाछन । यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा व्यवस्था पछिको मा रहेको हुनुपर्ने आदि प्रावधानहरु तोकिकाछन ।

प्रतिक्रिया