झापाकाे लज्जास्पद हार

मकवानपुर । मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपको सोमबार भएको खेलमा अफ्रिकन रुट्स् एसोसिएसन क्यामरुनले बिर्तामोड युनाइटेड झापालाई ४–१ गोल गर्दै विजयी भएको छ ।पहिलो हाफमा शुरुआती समयदेखि नै झापाले दबाबमा राखेको खेलमा क्यामरुनका तर्फबाट बेस्सेकले १९ औं र ३३ औं मिनेटमा गोल गर्दै टिमलाई अगाडि बढाएका थिए । झापाका सुनील गुरुङल राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । गुरुङले प्रहार गरेको गोल धेरै पटक क्यामरुनका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।
पहिलो हाफमा २–० को अग्रता लिएको क्यामरुनका एल्जिमीले ५३औं मिनेट र म्बाकोपीले ६५औं मिनेटमा थप २ गोल गर्दै सानदार जित दिलाए । ८६औं मिनेटमा झापाका तर्फबाट गुरुङले गोल गरेका थिए । उक्त गोल नै झापाका लागि अन्तिम गोल रह्यो । खेलको ‘म्यान अफ दि म्याच’ क्यामरुनका बेस्सेक घोषित भएर पुरस्कारस्वरूप नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत मंगलबारको खेल हिमालयन शेर्पा क्लब काठमाडौं र बागमती युवा क्लब सर्लाहीबीच हुने आयोजकले जनाएको छ । आइतबार एपीएफ काठमाडौंले रिगल हेटौंडा रिसोर्ट मकवानपुरलाई २–० गोलले पराजित गरेको थियो । पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा बराबरीमा रोकिएको थियो । शुरुआती समयदेखि नै दबाबमा राखेको मकवानपुरले १६ औं र २२ औं मिनेटमा अवसर पाएको थियो । तर, मकवानपुरका विजय बिकको प्रहारलाई गोलरक्षक राजु योगीले उत्कृष्ट बचाउ गरेका थिए ।
प्रतिक्रिया