नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
नेपालखोज
२०७७ चैत १७ गते ११:०३

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको नेता योगेश भट्टराईले बताए।
ओलीको कदमबारे थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बस्न लागेको उनले बताए ।
बैठकमा कारबाहीपछिको रणनीतिबारे छलफल हुने बताइएको छ । नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए ।
ओलीको पछिल्लो कदम पार्टी नीति र मापदण्डविपरित भएको भन्दै नेपाल र रावले कारवाही अस्वीकार गरिसकेका छन् ।
सम्बन्धित

प्रतिक्रिया