नेकपा ब्युँताउन सर्वोच्च पुगे प्रचण्ड
नेपालखोज
२०७७ चैत १७ गते १३:०३

काठमाडौं । नेकपा एकता प्रक्रिया खारेज गर्ने सर्वोच्च अदालतको फौसलाविरुद्ध पुनरावलोकन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।
नेकपा खारेजविरुद्ध पुनरावलोकनको निवेदन लिएर प्रचण्ड मंगलबार ११ बजे सर्वोच्च अदालत पुगेका हुन् । प्रचण्डसँगै वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मासहितका नेता पनि सर्वोच्च पुगेका छन् ।
ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै गत फागुन २३ गते सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया खारेज गरेको थियो। सर्वोच्चको सो फैसलापछि एमाले र माओवादी ब्युँतिएको थिए ।
प्रचण्डले सर्वाेच्चलाई बुझाएको निवेदनको पूर्ण पाठ :
सम्बन्धित

प्रतिक्रिया