प्रधानमन्त्रीद्वारा मानन्धर र रावलको निधनप्रति शोक व्यक्त
नेपालखोज
२०७७ चैत १७ गते १६:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा (संयुक्त) का अध्यक्ष तथा नेपाल कम्युनिष्ट आन्दोलनका प्रथम पुस्ताका नेता विष्णुबहादुर मानन्धर र कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष तथा नेकपा (एमाले) कैलालीका नेता नवलसिंह रावलको निधनप्रति शोक वक्तव्य जारी गरेका छन ।
मानन्धरको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनले निष्ठावान, सादगी र इमान्दार नेतालाई गुमाएको वक्तव्यमा उल्लेख गरिएको छ ।
मानन्धरको २०७७ चैत १६ गते सोमबार ९१ वर्षको उमेरमा निधन भएको थियो । भने लामो समयदेखि उच्च रक्तचापबाट पीडित मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको मंगलबार बिहान उपचारकै क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।


सम्बन्धित

प्रतिक्रिया