जग्दम्बा सिमेन्टद्वारा निर्माण विज्ञहरुसँग अन्तर्क्रिया

काठमाडौं । जग्दम्बा सिमेन्टले निर्माणकर्र्मी, इन्जिनियर, आयोजना प्रमुख लगायतसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । निर्माण बिज्ञहरुसँगको सहकार्य र समन्वयले मात्रराष्ट्रको समृद्धि हुन सक्ने कुरालाई मनन गर्दै सिमेन्टले चरिकोटमा ४५ भन्दा धरै निर्माण बिज्ञहरुसँग अन्तरक्रिया कायएक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले निर्माण गरीने संरचना भुकम्प प्रतिरोधात्मक बनाउन गुणस्तरीय निर्माण सामाग्रीको प्रयोग र दक्ष जनशक्तिको प्रयोग गर्नुपर्ने बताए ।

विज्ञसँगको परामर्श, कुसल लगनशक्तिको प्रयोग र गुणस्तरीय निर्माण सामग्रीले मात्र निर्माण दिगो हुने कुरा कम्पनीका उपमहाप्रबन्धक एवंम इन्जिनियर सुनिल पौडेलले बताए । भूकम्प प्रतिरोधात्मक निर्माण विधी हाम्रो जस्तो देशको संरचना निर्माणमा अपरिहार्य रहेको छ भन्ने कुरा प्रष्ट पार्दै यस्ता जनचेतनामूलक कार्यक्रम नेपालका अन्य सहरहरुमा गर्दै जाने प्रतिवद्धता कम्पनीका क्षेत्रीय बिक्री प्रवन्धक मधुर रिजालले बताए ।
प्रतिक्रिया