साँखु-जोरपाटी सडक निर्माण कार्य पुनः सूचारु

काठमाडौं । जोरपाटी–साँखु सडकखण्डमा अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माण कार्य सूचारु भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत सडक विस्तार कार्य हुन लागेको यस सडकखण्डको खुलालटार क्षेत्रमा स्थानीयको अवरोध हुँदै आएको थियो ।
स्थानीयले मुआब्जा प्राप्त नभएसम्म सडक विस्तार कार्य शुरु गर्न नदिने भन्दै अवरोध गरेपछि काम रोकिएको छ । आयोजनाका इन्जिनियर बसन्तकुमार गाईंले स्थानीयले सडकमै सुतेर अवरोध गरेका कारण काम प्रभावित भएको बताए । तर, पनि अवरोध नभएका ठाउँमा सडक निर्माण कार्य सूचारु गरिएको इन्जिनियर गाईंले बताए ।
जोरपाटी–साँखु सडक खण्डको खुलालटार क्षेत्रमा ६०/७० घरधुरीलाई करिब १२ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ । सडक खण्ड २२ मीटरको चौडा हुने छ । जसमा दुई दुई मिटर फुटपाथ रहने छ भने सडकको भाग १८ मिटर रहने छ ।
कुल ११.४६ किलोमिटर लम्बाई रहेको चाबहिल–जोरपाटी–साँखु सडक खण्ड मध्ये चाबिहल देखि जोरपाटी बागमती पुल सम्मको सडक कालोपत्रे भइसकेको छ ।

प्रतिक्रिया