आइतबार, जेठ ६, २०८१

हिमालयन बैंकद्वारा प्रिपेड डलर कार्ड सुरु

नेपालखोज २०७७ चैत १७ गते १९:१४

काठमाडौं । हिमालयन बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि एचविएल ‘डलर प्रीपेड कार्ड’ सुविधा सञ्चालनमा ल्याएको छ ।

यो सुविधाअन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रीपेड कार्ड सुविधा पाउन सक्नेछन । साथै खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबरसम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरुले यो सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्नेछन । बैकको सबै क्षेत्रमा गरी ७१ वटा शाखा चार वटा विस्तारित काउन्टर, एक सय ४६ वटा एटिएम र चार हजार दुई सय भन्दा बढी पिओएस टर्मिनल रहेको छ ।

प्रतिक्रिया