बुधबार, असोज २, २०८१

राष्ट्र बैंकद्वारा पुनः २३ अर्ब १३ करोडको ट्रेजरी आह्वान

नेपालखोज २०७९ जेठ १५ गते १४:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने जेठ १७ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड, एक सय ८२ दिने अवधिको ६ अर्ब र तीन सय ६४ दिने अवधिको १२ अर्ब रुपैयाँको छ । यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार १४ गते, २०७९ भदौ १४ गते, २०७९ मंसिर १३ गते र २०८० जेठ १६ गते तोकिएका छन् ।

यसअघि यही जेठ ९ गते पनि राष्ट्र बैंकले २७ अर्ब २० करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया