देउवा र प्रचण्डबीच भेटवार्ता

नेपालखोज २०७७ चैत १७ गते २०:४३

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा मङ्गलवार भएको भेटवार्तामा उनीहरूबीच देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

विघटित प्रतिनिधि सभा सर्वोच्च अदालतले गएको फागुन ११ गते पुनर्स्थापना गरेपछि र फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठनका सम्बन्धमा सर्वोच्चले गरेको निर्णयपछि दलहरूबीच नयाँ सत्ता समीकरणबारे छलफल हुँदै आएको छ ।

प्रतिक्रिया