आइतबार, जेठ ६, २०८१

माधुरी दिक्षितकाे डान्स दिवानेका १८ जनामा काेराेना

नेपालखोज २०७७ चैत १८ गते ७:२०

मुम्बई । भारतीय अभिनेत्रि माधुरी दिक्षित समेत जज रहेकाे टिभि रियालिटी डान्स शाे डान्स दिवानेकाे निर्माणमा सम्लग्न अठार जना क्रू सदस्य लाई काेराेना भएकाे बताईएकाे छ ।

यद्यपि माधुरी सहित शाेका तिनै जना जज सुरक्षित छन् । कलर्स टेलिभिजाबाट प्रशारणहुने तेस्रो सिजनकाे डान्स दिवाने गत फरवरिमा सुरु भएकाे थियाे । यस क्रममा याे साताको छायांकन अघि सबै क्रू मेम्बर्सकाे काेराेना जाँच गराउँदा ती अठारमा पाेजेटिभ दखिएपछि हाल उनीहरु सबै होम क्वारंटीनमा छन् ।

धर्मेश र तुषार कालिया समेत निर्नायक रहेकाे याे कार्यक्रम को संचालक राघव जुएल ले गरिरहेका छन् । फेडरेशन ऑफ वेस्टर्न इंडिया सिने एम्प्लॉइज (FWICE) का जनरल सेक्रेटरी अशोक दुबेले उक्त समाचारकाे पुष्टि गर्दै एउटै शो का यति धेरैजनामा कोरोना पॉजिटिव हुनु दुखद कुरा भएकाे र छायांकनका क्रममा अझ बढि साबधानि अाबस्यक भएकाे बताए । अब याे शाे काे छायांकन अपृल को पहिलाे साता हुने बताईएकाेछ ।

प्रतिक्रिया