सूर्य थापा भन्छन्- पार्टी फुटाउन घनश्यामजी सक्रिय

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेता घनश्याम भुसालमाथि पार्टी फुटाउन सक्रिय भएको आरोप लगाएका छन् । उनले चुनाव जित्यो भुसालहरु पार्टी फुटमा सक्रिय हुने आरोप लगाएका छन् । उनले प्रश्न गरेका छन्, ‘संयोग कि नियति ?’
भुसालले २०५१ र २०६४ सालमा जम्मा दुईवटा चुनाव मात्र जितेको उनले उल्लेख गरेका छन् । ‘घनश्याम भुसालजीले जीवनमा दुईवटा मात्रै निर्वाचन जित्नुभयो,’ थापाले ट्विटमा भनेका छन्, ‘२०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निष्कासन गर्नुपर्यो ।’
थापाले पार्टी विभाजनमा भुसाल सक्रिय रहेको कि नियति भन्दै प्रश्नसमेत गरेका छन् । ‘०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो,’ उनले प्रश्न गरेका छन्, ‘चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?’

प्रतिक्रिया