सीडीएसलाई एफएनसीसीआईको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पुँजीबजार फोरम गठन गरी पुँजीबजारको सम्वर्द्धनका लागि सीडीएस एन्ड क्लियरिङलाई सुझाव दिएको छ । महासंघले मंगलबार एक पत्र जारी गर्दै सीडीएसलाई ३० बुँदे सुझाव दिएको हो ।
महासंघले सीडीएसलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सम्पूर्ण विनियमावली समयानुकूल संशोधन, बजार मूल्यको आधारमा टिक साइज निर्धारण, इन्ट्रा डे ट्रेडिङ सुरु गर्नेलगायत सुझाव दिएको छ । त्यस्तै, सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी नयाँ मानक इन्डेक्स बनाउने, कुनै अर्थ नभएको सेन्सेटिभ इन्डेक्स खारेज गर्ने, अक्सन मार्केट सञ्चालनमा ल्याउने सुझाव व्यक्त गरेको छ ।
एफएनसीसीआईले कुनै पनि दायित्व पूरा नगर्ने दलाललाई कारोबार गर्नबाट रोक लगाउनुको सट्टा कम्पनीका कार्यकारी प्रमुखलाई नगद जरिवाना दिलाउने, नेप्से र बोर्डले पुँजीबजारसम्बन्धी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने र सो कार्यक्रमका छुट्टै कोष बनाउनुपर्ने सुझाव पनि सीडीएसलाई दिएको छ ।



प्रतिक्रिया