शुक्रबार, चैत १६, २०८०

बैतडीमा भेटिएको फलामखानी उत्खनन

नेपालखोज २०७७ चैत १८ गते १२:५३


बैतडी । बैतडीको सिगासमा गाउँपालिकामा भेटिएको फलाम खानीको उत्खनन सुरु गरिएको छ । गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।

यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ । उनले भने,“उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात् सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन सुरु गरिएको छ । ” सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको उनले बताए। सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिश दिएर काम शुरु भइसकेको हो । उनले भने,“चीनका विज्ञ टोली आएर खानी उत्खनन सुरु भएको छ ।”

फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारी समेत भइरहेको अध्यक्ष धामीले जानकारी दिए । फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयवासीले रोजगारी पाउने अपेक्षा गरिएको छ । उनले भन्नुभयो,“खानी भट्टिएसँगै यहाँका स्थानीयवासीले रोजगारी पाउने सम्भावना पनि छ ।” खानी भेट्टिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पु¥याउनेलगायतका काम पनि भइरहेका छन् । यसका साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ ।

प्रतिक्रिया