एटीएम ह्याक गरी पैसा निकाल्ने एक चिनियाँ पक्राउ

काठमाडौं । एटिएम मेसिन ह्याक गरी पैसा निकाल्ने एक चिनियाँ पक्राउ परेका छन् । एटिएम मेसिन ह्याक गरेको आरोपमा मंगलबार बेलुका २९ वर्षीया वाङ जियालोङ पक्राउ परेका हुन् ।
विभिन्न बैंकको एटीएम बुथमा अस्वभाबिक रुपमा कुनै ब्यक्तिले रकम निकाल्न लागेको भन्ने सूचनाका आधारमा अनुसन्धान थालेको प्रहरीले उनलाई पक्राउन गरेको हो । प्रहरीका अनुसार काठमाडौ महानगरपालिका २७ ज्याठाका रहेको मेगा बैकको एटिएम मेशिनको कि–बोर्ड वाङ जियालोङले पिन नम्बर ह्याक गरी नगद रुपैया निकाल्न खोजेको अवस्थामा फेला पारीएको थियो ।
नियन्त्रण पश्चात उनको शरिर समेत तलाशी लिई उनी बस्ने गरेको ज्याठा स्थित होटल मन्टेसको चौथो तलाको रुम नं.४०५ मा समेत खानतलासी गरिएको थियो । जहाँ ह्याकिङको लागि प्रयोग हुुने सामानहरु समेत बरामद भएकाछन ।
बरामद भएका सामानहरुमा बिभिन्न किसिमको १० वटा चाबीहरु सहितको झुप्पा थान–१, चाईनिज भाषामा लेखिएको फोटो सहितको कार्ड थान–२, ड्रिल मेसिनको काटी थान ५१ , सुन्तला रंगको बट्टा थान –७ र पहेलो रंगको बट्टा थान–१ रहेका छन् । त्यस्तै, ऐ को चार्जर थान १, सेतो रंगको चार्जर पोर्ट थान–३, सेतो र रातो रंगको टेप थान–२, सेतो रंगको पावर बैंक थान–२ ,सेतो रंगको तार सहित भएको ३२ जि.बि. को हिडेन क्यामेरा थान–४ लगायतका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया