पार्टी अध्यक्ष सच्चिनुको विकल्प छैन : नेतृ शाक्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको बताएकी छन । पार्टीमा निशेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनि गर्नुपर्ने उनको भनाइ छ ।
साथै उनले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्म समिक्षा गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताएकी छन । अहिलेको निशेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उनको भनाइ छ ।
उनले भनिन, ‘तपाई हाम्रै कारणले गर्दाखेरी हामीभित्रकै कारणले गर्दाखेरी आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निशेधको राजनीति गरिरहेका छों । कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफै आफै लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं । त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्म समिक्षा गर्ने की नगर्ने र हामीले यस्तो कुरा सच्याउने की नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडी बढनु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडी बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनै पर्छ । हामी रुपान्तरित हुनै पछस् । हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन ।’

प्रतिक्रिया