आइतबार, जेठ ६, २०८१

नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा ३० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७७ चैत १८ गते २१:५०

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा ३० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको रकम दुई सय १७ दिने अर्थात २०७८ बैशाख दुई गते देखि २०७८ मंसिर एक गतेसम्मको लागि राख्न लागिएको हो ।

रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही चैत २२ गते अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुु पर्नेछ । लगानीको लागि छुट्याईएको कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि २४ करोड, विकास बैंकहरुको लागि चार करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ४० लाख रुपैयाँ छुट्याईएको छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएकाछन ।

प्रतिक्रिया