बुधबार, असार १८, २०८२

फ्रान्सद्वारा बोस्‍निया हर्जगोभिना १-० गोलले पराजित

नेपालखोज २०७७ चैत १९ गते ८:५३

काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत साविक विजेता फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ ।

बुधबार राति भएको खेलमा फ्रान्सले बोस्निया र हर्जगोभिनालाई १-० गोलले पराजित गरेको हो ।

फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यानले ६०औँ मिनेटमा ग्रीजम्यानले गोल गरे । एड्रिनको पासमा उनले उत्कृष्ट हेडर गोल गरेका थिए ।

जितसँगै फ्रान्सले ३ खेलमा ७ अंक जोड्दै फ्रान्स समूह डीको शीर्ष स्थानमा छ । बोस्निया १ अंक जोडेर चौंथो स्थानमा छ ।

प्रतिक्रिया