२४ घण्टामा थपिए १५२ कोरोना संक्रमित, ६५ जना डिस्चार्ज

नेपालखोज २०७७ चैत १९ गते १८:५७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

४२ सय १३ जनाको पीसीआर परीक्षण गर्दा थप एक सय ५२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या दुई लाख ७७ हजार चार सय ६१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६५ जना डिस्चार्ज भएका छन । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार आठ सय ५१ पुगेको छ । अहिले नेपालमा १५ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३१ पुगेको छ ।

प्रतिक्रिया